Menu

आजको मौसम

संगठनका सदस्य नरहेकालाई सुन खरिदमा रोक नलगाउन आदेश

Author
News Desk | November 28, 2024
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ मंसिर ।
संघ–संगठनको सदस्य नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
श्री रिद्धिसिद्धी ज्वेलर्स प्रा.लि. को तर्फबाट परेको रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर ७ गते यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतको न्यायधिश डा. नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासबाट जारी आदेशमा व्यवसायीहरुको संघ–संगठनमा आवद्ध सुनको कारोवार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरीद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आवद्ध नभएका व्यवसायीहरूले सुन खरीद गर्न नपाई पेशा व्यवसाय सञ्चालन गर्न पाउने संविधान प्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको यस स्थितिमा निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक्न लगाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४२(२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको भनिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?