Menu

आजको मौसम

मातहतका निकायलाई कामको प्रगति विवरण पेस गर्न मन्त्री यादवको निर्देशन

Author
News Desk | December 02, 2024
0

काठमाडौँ, १६ मंसिर (रासस)
खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका कामको प्रगति विवरण तत्थ्यसहित पेस गर्न निर्देशन दिनुभएको हो । “खानेपानी क्षेत्रमा हालसम्म के कति प्रगति भएको छ, कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रूपमा रिपोर्ट पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस्”, उहाँले भन्नुभयो ।
मन्त्री यादवले मन्त्रालय मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाका कामबारे जानकारी लिँदै कतिपय आयोजनाका काम तोकिएको समयमा सम्पन्न नभएको देखिएकाले त्यसका कारण लिखित रूपमा पेस गर्न निर्देशन दिनुभयो । यस्तै, मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना उच्च व्यवस्थापन समूहको बैठक (एसएमटी) राख्न निर्देशन दिइएको थियो ।
बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, पिआइडी, काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरूले आफ्नो कार्यालयका कामबारे जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?