
रौतहट, २० जेठः रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका–५, कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको समेत उहाँले जानकारी दिनुभयो । रासस