Menu

आजको मौसम

विज्ञापन नीतिविरूद्ध प्रधानमन्त्रीलाई हस्ताक्षरसहित ज्ञापनपत्र

Author
News Desk | June 09, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ जेठ।
नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा सञ्चालित हस्ताक्षर अभियानअन्तर्गत सङ्कलित हस्ताक्षर सोमवार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई पठाइएको हो।
नेपाल सरकारद्वारा लागू गरिएको सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी नीतिको विरोधस्वरूप सञ्चारकर्मीहरूले सङ्कलन गरेको हस्ताक्षर सहितको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष पठाइएको हो।
महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको सञ्चारकर्मीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लाई ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्रमा सरकारले लागू गरेको सूचना तथा विज्ञापन नीतिले विशेषगरी मोफसलका सञ्चारमाध्यमलाई प्रत्यक्ष रूपमा असर पार्ने उल्लेख गर्दै नीति पुनरावलोकन गरी संशोधन गर्न माग गरिएको छ। विज्ञापन वितरण तथा सरकारी सूचनाको पहुँचमा असमानता सिर्जना गर्ने प्रावधानहरूले स्थानीय सञ्चारमाध्यमको अस्तित्व नै संकटमा पार्न सक्ने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता, समान अवसर र सञ्चारमाध्यमको दिगो विकासका लागि विभेदकारी व्यवस्था हटाउनुपर्ने आवश्यकता औँल्याएका छन। साथै, सञ्चार क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श नगरी नीति लागू गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै नीति परिमार्जन गर्न आग्रह गरेका छन। ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व संस्थापक अध्यक्ष शंकर खतिवडा सहित महासंघका पदाधिकारी, विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको सहभागीता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?