Menu

आजको मौसम

वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरू

Author
News Desk | June 02, 2026
0
Featured

वीरगंज, १८ जेठ ।
प्रथम वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३ सोमवारदेखि शुरू भएको छ। वीरगंज यूथ एकेडेमीको आयोजनामा तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह–आयोजनामा प्रतियोगिताको उदघाटन गरिएको हो ।
उदघाटन खेल मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल र सफल विद्यालयबीच सम्पन्न भएको थियो भने मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल २ गोलले जित हासिल गरेको थियोे।
प्रतियोगिताको उदघाटन समारोह प्याब्सनका प्राज्ञिक सल्लाहकार एवं मुनलाइट इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी कार्यक्रममा प्याब्सन नगर सल्लाहकार मार्टिन मोक्तान,प्याब्सन पर्साका बरिस्ठ उपाध्यक्ष सुशिला साह, अमित आलोक,प्रबिन चौधरी, दिनानाथ रौनियार, पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, मानवसेवा आश्रम वीरगंजका देवेश गुप्ता, राजकुमार लामा, सन्तोष खनाल तथा आदर्शनगर बिटका प्रमुख दीपेन्द्र टमटा लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?