Menu

आजको मौसम

पर्सा–बाराका होटल र मिठाई पसलमा अनुगमन

Author
News Desk | June 08, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ जेठ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पर्सा र बारामा मोबाइल फुड ल्याब भ्यानमार्पmत खाद्य अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा खाद्य स्वच्छता मापदण्ड पालना नभएको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका प्रमुख सुरेश सिंहको नेतृत्वमा खटिएको टोलीले वीरगंज, अमलेखगंज, निजगढ र कलैयाका विभिन्न व्यवसायमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा सरसफाइको कमजोर अवस्था, खुला डस्टविनको प्रयोग, खाद्य सामग्रीको असुरक्षित भण्डारण तथा पटक–पटक तताइएको तेल प्रयोग भएको भेटिएको विभागले जनाएको छ। वीरगंजका अनमोल स्विट्स, होटल मकालु, होटल पुजन र मेजवानी स्विट्ससहित अन्य व्यवसायमा मापदण्ड विपरीतका गतिविधि फेला परेपछि प्रयोगमा रहेको तेल नष्ट गरी सुधारका लागि निर्देशन दिइएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले वारम्वार चेतावनी दिँदा पनि सुधार नदेखिएकाले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गर्ने व्यवसायमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन। विभागले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल, उपभोक्ता अधिकारकर्मी प्रकाश शाह, विभागका केमिस्ट पवन कुमार कुर्मी, खाद्य निरीक्षकहरू जगत प्रकाश चौधरी, श्रवण साह, अभिलाष गुप्ता लगायतको सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?