
सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ जेठ ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँँपालिका–६ लखनपुर चोकबाट प्रहरीले बिना बिल बिजक लादै गरेका १० वटा भैँसीका पाडासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार सोमवार बिहान करिब १ः४५ बजे प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको प्रहरीको टोलीले वीरगंज जादै गरेको प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो गाडी चेक जाँच गर्ने क्रममा पाडा बरामद गरेको हो।
प्रहरीले बोलेरो चालक कालिकामाई गाउँँपालिका–५ निवासी ३५ वर्षीय विजय शर्मा, धोबिनी गाउँँपालिका–३ निवासी ६१ वर्षीय बिकरमा राउत कुर्मी र धोबिनी गाउँँपालिका–५ निवासी ५५ वर्षीय होडा देवानलाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका पाडा, सवारी साधन तथा व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्ष्Fक पौडेलले बताउनु भयो ।