Menu

आजको मौसम

लिखत सम्बन्धी कसूरमा मेयर सिंह पक्राउ

Author
News Desk | June 02, 2026
0
Featured

वीरगञ्ज, १९ जेठ । लिखत सम्बन्धी कसूर मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

५६ वर्षीय सिंहलाई पर्साको ठोरी गाउँपालिका वडा नं. ३ स्थित ‘ठोरी रिसोर्ट’ बाट जेठ १९ गते बिहान अन्दाजी ०६:०७ बजेको समयमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) राजु कार्कीका अनुसार पक्राउ परेका सिंहमाथि लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?