Menu

आजको मौसम

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनबाट बाहिरियो

Author
News Desk | June 04, 2026
0
Featured

भारत (गोवा), २० जेठः साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । नेपालको लागि गीता रानाले खेलको २३ औँ मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् ।

नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो । बङ्गलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेशकी सागुरिकाले थप एक गोल गर्दै बङ्गलादेशको जित सुनिश्चित गरिन् । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?