Menu

आजको मौसम

अवरूद्ध राजमार्ग दुर्ई घण्टापछि सुचारू

Author
News Desk | June 05, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ जेठ ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित बाह्रकिलोमा हावाहुरीका कारण रूख ढलेर अवरूद्ध भएको पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा सुचारू भएको छ।
बिहीवार बेलुका करिब ५ः१० बजेको समयमा आएको तीव्र हावाहुरीका कारण सडक छेउमा रहेको एउटा कुकाठको रूख ढल्दा पूर्वरुपश्चिम राजमार्गको एकतर्फी बाटो पूर्ण रूपमा अवरोध भएको थियो । राजमार्गमा रूख ढलेर सवारी आवागमनमा समस्या भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थलतर्पm प्रस्थान गरेको थियो । साथै, राजमार्गको अवरोध तत्काल हटाउनका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ, बाराबाट पनि कटर मेसिन (काठ काट्ने आधुनिक मेसिन) सहितको विशेष टोली परिचालन गरिएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कटर मेसिनको प्रयोग गरी सडकमा तेर्सिएको रूखलाई काटेर पन्छाएपछि बेलुका ६ः५२ बजेदेखि राजमार्गमा दुर्ईतर्फी नै सवारी साधनहरूको आवतजावत पुनः सुचारू भएको सुरक्षा निकायले जनाएको छ । रूख ढलेका कारण केही बेर सवारी जाम भए पनि सुरक्षाकर्मीहरूको समयमै सक्रियताका कारण ठूलो सास्ती हुन पाएन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?