Menu

आजको मौसम

विश्व वातावरण दिवसको अवसरमा साइकल -याली

Author
News Desk | June 04, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० जेठ ।
विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत चौथो दिन बुधवार साइकल -याली सम्पन्न गरेको छ।
हरियाली संरक्षण, प्रदूषण न्यूनीकरण र स्वच्छ वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा साइकल -याली आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रनि युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलीप कार्की, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, रूपनारायण सिंह, केदार गुप्ता, आकाश पटेल, रानीघाट प्रहरी पोस्टका सुरक्षाकर्मीहरू तथा विद्यालयका शिक्षकहरू र कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरूको साइकल ¥याली वीरगंज–९ रानीघाटस्थित जीवन ज्योति स्कुलबाट शुरू भई घण्टाघर, बसपार्क, बाइपास रोड, नगवा, रेशमकोठी, मेनरोड, कैलाश होटल चौक, घडिअर्वा पोखरी, माइस्थान हुँदै पुनः घण्टाघर भएर विद्यालयमा पुगेर समापन गरिएको थियो। कार्यक्रमको उदघाटन प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?