Menu

आजको मौसम

सशस्त्र प्रहरीद्वारा चल्ला नियन्त्रण

Author
News Desk | June 12, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ जेठ ।
भारतबाट अवैध रूपमा ल्याइँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुराका ७ हजार ४ सय चल्ला सशस्त्र प्रहरी बलले पर्साले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको मोबाइल टोलीले बिन्दबासिनी गाउँँपालिका–४ अमरपट्टी क्षेत्रमा विशेष सूचनाका आधारमा करिब ७ लाख ४० हजार रुपियाँँ मूल्य बराबरका ७४ कार्टुन चल्ला बरामद गरेको हो।
घटनामा संलग्न रहेको आरोपमा बिन्दबासिनी गाउँँपालिका–४ निवासी ४२ वर्षीय उमेश मुखियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। चल्ला नष्ट गरिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?