
सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा विभिन्न संस्थाहरुले वृक्षरोपण कार्यक्रम गरेको छ । भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनामा शुक्रवार बिहान वीरगंज–२५ श्रीसियास्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार परिसरमा आयोजित कार्यक्रममा आँप, लिची र अनारलगायतका ४० वटा फलफूलका बिरूवा रोपिएको थियो।
कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीणा, कन्सुलर मनीष कुमार, वीरगंज भन्सारका भन्सार प्रशासक कृष्ण मैनाली, नेपाल इनटरमोडल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवाली, ड्राइभ ड्राइपोट सञ्चालन गर्ने क्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालीका अधिकारीलगायतको थियो।
यसैगरी वीरगंज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर तथा सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भन्सार क्षेत्रमा विभिन्न जातका बिरूवा रोपिनुका साथै क्षेत्रको सरसफाइ गरिएको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, समाजसेवी, सञ्चारकर्मी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधि लगायतको सहभागिता थियो ।
विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योती स्कुलको सहकार्यमा वीरगंज–१५ भिस्वा डाँडा प्राङ्गणमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
“प्रकृतिको संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऔँ” भन्ने मूल नारासहित आयोजना गरिएको ५ दिने कार्यक्रमअन्तर्गत अन्तिम दिन विभिन्न प्रजातिका २५ वटा बिरूवा रोपिनुका साथै सरसफाइ गरिएको हो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी भगवान श्रेष्ठ, जीवन ज्योती स्कुलका प्रधानाध्यापक शिव गुप्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो।
वक्ताहरूले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याउँदै सबैले वृक्षारोपण र सरसफाइलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान समेत गरिएको आयोजकले जनाएको छ।
साउथ जोन सेकेण्ड्री स्कूलले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
दिवसको अवसरमा विद्यालयको प्रि–प्राइमरी तहका विद्यार्थीहरूले उत्साहपूर्वक ‘ग्रीन डे’ मनाएका छन। कार्यक्रममा विद्यार्थीहरू हरियो पोशाकमा सहभागी भई वातावरण संरक्षण, हरियालीको महŒव तथा स्वच्छ वातावरणसम्बन्धी सन्देशमूलक गतिविधिमा सहभागी भएका थिए। साना बालबालिकाहरूले वातावरण जोगाउँने सन्देश दिने विभिन्न प्रस्तुति तथा रचनात्मक कार्यक्रममार्पmत उपस्थित सबैलाई सकारात्मक सन्देश दिएका थिए।