Menu

आजको मौसम

बालबालिकाको खोप अवस्थाबारे स्थलगत अनुगमन

Author
News Desk | June 11, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा स्वास्थ्य कार्यालय पर्साको टोलीले खोप कार्यक्रमको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ । १५ महिनासम्मका सबै बालबालिकाले नियमित खोप समयमै पाए–नपाएको सुनिश्चित गर्न क्रस–चेक अनुगमन गरिएको हो।
जिल्ला खोप समिति संयोजक अजय कुमार सोनारले नियमित खोप बालबालिकाको स्वास्थ्य सुरक्षाको आधार भएको भन्दै सबै बालबालिकाले तोकिएको समयमा खोप पूरा गर्नुपर्नेमा जोड दिए।
अनुगमनका क्रममा अधिकांश बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार समयमै खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?