
सहारा संवाददाता–––––––––––––––
रौतहट, २० जेठ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सेवाग्राहीको घरमै पुगेर पासपोर्ट वितरण गरेका छन् ।
जिल्ला हुलाक कार्यालय रौतहटमार्पत जिल्लाका सेवाग्राहीलाई घरमै पासपोर्ट उपलब्ध गराउने व्यवस्था अन्तर्गत पहिलो लाभग्राहीको रूपमा गौर नगरपालिका–२ निवासी राजु राम रोजगारीको सिलसिलामा भारतको गुजरातमा मजदुरी गर्न गएका रामको पासपोर्ट उनकी आमा गुडिया देवीले प्रदान गरिएको हो।
गुडिया देवीलाई प्रथम पासपोर्ट हस्तान्तरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका प्रजिअ भुसालले सरकारको सेवा जनताको घरदैलोमै पु¥याउने उद्देश्यअनुसार यो अभियान शुरू गरिएको बताए । उनले सरकारले घोषणा गरेअनुसार रौतहटमा सेवाग्राहीलाई घरआँगनमै पासपोर्ट वितरण सेवा औपचारिक रूपमा प्रारम्भ गरिएको बताए ।