Menu

आजको मौसम

इनार खन्ने क्रममा एकको मृत्यु

Author
News Desk | June 01, 2026
0
Featured

महोत्तरी, १७ जेठः/रासस

महोत्तर जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो ।

जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि ईनारभित्र पस्दा उनको निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोलेले बताउनुभयो ।

इनारभित्र निस्सासिएर बेहोस भएका महतोलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबासमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?