Menu

आजको मौसम

गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

Author
News Desk | June 01, 2026
0
Featured

याङ्गुन, १७ जेठ :
उत्तरपूर्वी म्यान्माको एक भवनमा भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा दर्जनौँ घाइते भएका छन् । भवनमा खानीका लागि प्रयोग हुने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौँ घरमा पनि क्षति पुगेको बताइएको छ ।

नाम्खाम शहरको काउङटुप गाउँमा दिउँसो भएको विस्फोटमा अन्य ७० जनाभन्दा बढी घाइते भएका छन् । यो क्षेत्र चीनको सीमाबाट करिब तीन किलोमिटर दक्षिणमा अवस्थित छ । यो म्यान्मा सरकारविरुद्ध लड्दै आएको सशस्त्र जातीय समूह ताङ नेशनल लिबरेसन आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो ।

एक उद्धारकर्ताले सुरक्षा संवेदनशिलता देखाउँदै नाम नबताउने सर्तमा भने, “आइतबार साँझसम्म छ जना बालबालिकासहित ४६ जनाको शव फेला परेको छ । ७४ जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उद्धार कार्य जारी रहेको छ।”

अर्का एक उद्धारकर्ताले विस्फोट भएको स्थानमा करिब ५९ जनाको मृत्यु भएको र १०० भन्दा बढी घरहरूमा क्षति पुगेको बताएका छन् । भग्नावशेषमा मानिसहरू फसिरहेकाले उद्धार कार्य अझै जारी रहेको छ ।रासस/एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?