Menu

आजको मौसम

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

Author
News Desk | June 01, 2026
0
Featured

म्याग्दी, १७ जेठः धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार २०८२/०८३ (४३) १६ नाम भएकी बालिकालाई सुनारले यही जेठ १२ गते साँझ ५ः०० बजेको समयका करणी गरेको उजुरी परेको थियो । सोही आधारमा सुनारलाई शनिबार पक्राउ गरिएको थियो ।रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?