Menu

आजको मौसम

बोराभित्र लुकाएर राखिएको १०० केजी गाँजा बरामद

Author
News Desk | June 14, 2026
0
Featured

वीरगञ्ज, ३१ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पर्सा जिल्लाको एक खेतबाट १०० केजी गाँजा बरामद गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार, जेठ ३१ गते जगरनाथपुर गाउँपालिका वडा नं. ०३ स्थित मुरैया चोक नजिकैको खेतमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो । तस्करहरूले प्लास्टिक वा जुटको पाँच वटा चामलको बोराभित्र गाँजा प्याक गरेर खेतमा लुकाएका थिए ।  

सुरक्षाकर्मीको संयुक्त टोलीले उक्त गाँजा रीतपूर्वक नियन्त्रणमा लिएको छ । गाँजा लुकाउने तथा यस अवैध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान खुलिसकेको छैन । प्रहरीले घटनामा संलग्न फरार व्यक्तिहरूको तीव्रताका साथ खोजी गर्नुका साथै थप अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?