
सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ जेठ ।
नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान–२०८३ बारेमा प्रशिक्षण दिइएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ का अध्यक्ष राम सरार्पmको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका सहायक प्रहरी निरीक्षक रूपेश प्रसाद कुशवाहाले विद्यार्थीहरूलाई लागू औसष सेवन तथा मदिरा सेवनले घरपरिवारदेखि समाज एवं आफ्नो जीवन नै बिग्रनसक्ने भएकोले यसबाट सचेत हुन जरूरी रहेको बताउनुभयो।
अहिलेका युवाहरूले धेरैजसो जाँड रक्सी चुरोट तथा लागूऔषध सेवन गरिरहेकोले बेलामा नै यसबाट सचेत रहन विद्यार्थीहरूमा आग्रह गर्नुभएको थियो। सेवन गर्नाले आफ्नो मानसिक सन्तुलन गुम्नुका साथै आर्थिक क्षति हुने र सबैलाई तनाव गर्ने भएकोले यसले अन्त्यमा मृत्युको मुखमा पुर्याउने भएकोले बेलामै यसबाट बच्न सके धेरै राम्रो हुने सुझाव दिनुभएको छ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका ११ का वरिष्ठ उपाध्यक्ष जयलाल शाह, सचिव दिलिप प्रधान, सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज विश्वेश्वर प्रसाद शाह, प्रहरी जवान धनमाया दाहाल, सदस्यहरू विपिन उपाध्याय, मधु सिंह, सहायक प्रहरी हवल्दार सुरेन्द्र यादव र कक्षा १० का विद्यार्थीहरू एवं शिक्षक शिक्षिकाहरू लगायतको उपस्थिति थियो ।