
सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर कमिटीको सभापतिमा दीपराज पटेल निर्वाचित भएका छन् ।
आइतवार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले २२६ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी म. महुद्दीन आलमलाई ४७ मत अन्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा आलमले १७९ मत प्राप्त गरेका थिए । उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ तथा सह–सचिवमा मुन्ना साह तेली निर्वाचित भएका छन् ।
त्यस्तै विभिन्न पदमा अन्य सदस्यहरू पनि निर्वाचित भएका छन् । २५ सदस्यीय महानगर समितिमा २३ जना निर्वाचित भएको र बाँकी दुर्ई सदस्य पछि मनोनित गरिने रास्वपाले जनाएको छ । नवनिर्वाचित सभापति पटेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद पदका उम्मेदवार समेत रहेका थिए ।