
वीरगंज, १९ जेठ ।
मंगलबार बिहान पर्साको ठोरी क्षेत्रबाट पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन ।
लिखित सम्बन्धि कसुर र झुटो विवरण पेश गरी नागरिकता बनाएको मुद्दामा आज बिहान पक्राउ परेका मेयर सिंहलाई पर्सा जिल्ला पर्साले ४ लाख १५ हजार धरौटीमा रिहा गरेको हो ।
जिल्ला अदालत पर्साका मुख्य न्यायधिश गायत्री प्रसाद रेग्मीको १ नम्बर इजलासले मेयर सिंहलाई लिखित सम्बन्धि कसुर मुद्दामा रू.४ लाख र झुटो विवरण पेश गरी नागरिकता बनेको मुद्दामा रू.१५ हजारी गरी कुल ४ लाख १५ हजार धरौटी बुझाएर रिहा भएका अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी गराए ।