Menu

आजको मौसम

रक्सौलमा नेपाली युवकको शव भेटियो

Author
News Desk | June 04, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० जेठ ।
भारत, रक्सौलस्थित पूजा स्वीट्स होटलमा कार्यरत एक नेपाली युवक शव भेटिएको छ । नेपालको पर्सा जिल्ला अन्तर्गत उदयपुरघूर्मी निवासी राजन साहको करिब एक वर्षदेखि पूजा स्वीट्स होटलमा काम गर्दै आएका थिए र होटल परिसरमै बस्ने गर्दथे ।
होटल सञ्चालकका अनुसार मङ्गलवार बिहान राजनले सधैंजसो पसलमा काम गरेका थिए । पछि टाउको दुखेको गुनासो गर्दै उनी आराम गर्न आफ्नो कोठामा गएका थिए । करिब एक घण्टापछि जब अन्य कर्मचारी उनलाई बोलाउन कोठामा पुगे, तब उनी फन्दामा झुण्डिएको अवस्थामा फेला परेका थिए । हतार–हतार उनलाई तल ओरालिए पनि त्यतिबेलै उनको मृत्यु भइसकेको थियो।
भारतीय प्रहरीका अपर थानाध्यक्ष रवि कुमारले पहिलो नजरमा यो घटना आत्महत्या जस्तो देखिए पनि प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको बताएका छन् । घटनाको सूक्ष्म जाँचका लागि एफएसएल टोलीलाई समेत जानकारी दिइएको छ । प्रहरी अनुसन्धानका क्रममा मृतकले मोबाइलमा एक युवतीसँग लगातार कुराकानी गर्ने गरेको कुरा पनि बाहिर आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?