Menu

आजको मौसम

रास्वपा पर्सा सभापतिमा पन्त निर्वाचित

Author
News Desk | June 09, 2026
0
Featured

वीरगंज, २६ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा बुद्धिप्रसाद पन्त (हरि पन्त) जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

निर्वाचन संयोजक डा. नन्दन यादवका अनुसार पन्तले १६६ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुशील साह कानुले ११८ मत प्राप्त गरेका थिए।

उपसभापतिमा दिलिपकुमार कुर्मी १६२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी रणदिप श्रीवास्तवले ११४ मत प्राप्त गरेका छन्।

यस्तै सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित विजयी भए भने शिवकुमार साहले ११६ मत प्राप्त गरे। सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित निर्वाचित हुँदा निरजकुमार साहले ११३ मत प्राप्त गरेका छन्।

पाँच सदस्य पदमा प्रियंका कुमारी कुर्मी, तुलसा पौडेल अधिकारी, कामोध्या चौधरी, पूर्णबहादुर सापकोटा र शशीदेवी थरुनी निर्वाचित भएका छन्। निर्वाचन संयोजक डा. यादवले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?