Menu

आजको मौसम

रास्वपाद्वारा पर्सागढीमा पार्टी प्रवेश कार्यक्रम

Author
News Desk | June 14, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० जेठ।
पर्सा -२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानूले लोकप्रिय युवाहरू पार्टीमा पुनः फर्किनु रास्वपाका लागि सकारात्मक भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सागढीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता बिकेश राय थारु लगायतलाई प्रतिनिधिसभा सदस्य कानूले खादा र अबिर लगाएर स्वागत गरेका थिए।
पर्सागढी नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुधीर पटेल, नेता बुद्धिराज पौडेल तथा जोखू मियाँ, नगर उपसभापति सुनील रायभर, नगर सचिव सर्फू आलम अन्सारी, वडा सभापतिहरू मिनबहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँँ, रामलीला चौधरी लगायतको उपस्थिति थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?