Menu

आजको मौसम

विद्युतीय स्कुटर पड्किएर आगलागी

Author
News Desk | June 04, 2026
0
Featured

वीरगंज, २१ जेठ ।

विद्युतीय स्कुटर चार्ज गर्ने क्रममा ब्याट्री पड्किएर आगलागी भएको छ।

घण्टाघर चोकबाट करिब २ सय मिटर पश्चिम, जिल्ला प्रशासन कार्यालय पर्साको छेउमा रहेको गढीमाई लजमा विद्युतीय स्कुटर चार्ज गर्ने क्रममा ब्याट्री पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरका केही भाग, एसी तथा अन्य विद्युतीय उपकरणमा समेत क्षति पुगेको छ।

वीरगंज महानगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो समयमै नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?