Menu

आजको मौसम

भन्सार छलीको आँप लोड पिकअप गाडी प्रहरी नियन्त्रणमा

Author
News Desk | June 11, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
बिलबिजक तथा वनस्पति क्वारेन्टाइन नभएको ठूलो परिमाणको आँपसहित एउटा पिकअप गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा खटिएको चेकिङ टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजस्थित सडक खण्डमा जाँच गर्ने क्रममा बिलबिजक तथा वनस्पति क्वारेन्टाइन नभएको ठूलो परिमाणको आँपसहित पिकअपलाई नियन्त्रणमा लिएको हो। सिरहाबाट हेटौँडातर्पm जाँदै गरेको म.प्र. ०३–००१ च ६७८४ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा भन्सार छली ल्याइएको अवैध आँप फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा लोड गरिएको १०६ क्रेट (अनुमानित २६ सय ५० किलोग्राम) आँप बरामद गरिएको छ, जसको बजार मूल्य बुझिँदा करिब २ लाख ६५ हजार रुपियाँँ कायम गरिएको छ। साथै ओसारपसारमा प्रयोग गरिएको १७ लाख रुपियाँ मूल्य बराबरको पिकअप गाडीलाई पनि नियन्त्रणमा लिइएको छ। आँप र गाडीसहित जम्मा १९ लाख ६५ हजार रुपियाँँ बराबरको मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो।
अवैध रूपमा बिलबिजक बिना सामग्री ओसारपसार गर्ने गाडीका चालक बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २६ वर्षीय विवेक लोप्चनलाई समेत प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?