Menu

आजको मौसम

सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम

Author
News Desk | June 03, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ जेठ ।
जीवन ज्योती स्कुलको सहकार्यमा प्राकृतिक सेवा प्रतिष्ठान नेपालले वातावरण दिवस २०८३ को अवसरमा मंगलवार सरसफाइ एवं जनचेतनामुलक कार्यक्रम गरेको छ ।
जीवनज्योती स्कुल प्राङ्गणबाट गल्ली, सडक हुँदै घन्टाघरसम्मको गल्ली, सडक र पेटि तथा वीरगंज चिनिमिल आवासक्षेत्रमा स्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा सरसफाइ गरिएको हो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा जीवन ज्योती स्कुलका संचालक मिनाक्षि कर्माचार्य गुप्ता, सञ्चालक एवं प्रिन्सिपल शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्य नारायण सिंह, केदार गुप्ता, भोला प्रसाद, आकाश पटेल, शिक्षक दिपा थापा, चन्दन सिंह एवं जीवन ज्योति बोर्डिङ स्कुलका ९ र १० का विद्यार्थीहरूले सरसफाइ गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?